तपाईँ सुन्दै हुनुहुन्छः

दुई नाबालक दाजुभाइको हत्या गर्ने अभियुक्त सार्वजनिक

बारा । बाराको  कलैया उपमहानगरपालिका वडा नं.७ रंगपुर बस्ने दुई जना नाबालक दाजुभाइको घाँटी रेटी हत्या गर्ने अभियुक्तलाई  आज प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सरफुल्लाह अंसारी रहेका छन् ।
नाबालकको आमासँगको हिमचिम र दुबैबीचको अवैध सम्बन्ध लुकाउन दुई जना नाबालकको हत्या भएको बारा प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
मृतक बालकहरूको आमा र अभियुक्त बिचको सम्बन्धको विषयमा मृतक बच्चाहरूलाई थाहा थियो । इदमा आफ्नो बुवा आउँदा सबै कुरा भनी दिन्छु भनी ती बालकहरूले भन्ने गरेको र आफ्नो र उनीहरूकी आमा बिचको सम्बन्धको भेद खुल्ने डरले अभियुक्तले बालकहरूको हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
बालकहरूको बुवा तीन वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका छन् ।
मृतहरूको आमा माइतीतर्फ गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले बच्चाहरूलाई लोभ लालच देखाई एकान्त स्थलमा बोलाई हत्या गरेका थिए ।
अभियुक्तले भाउजू नातामा पर्ने बालकहरूको आमासँग छोराहरूलाई घरमा नै छोडी छोरीहरूलाई मात्र साथमा लिई भारततर्फ भाग्न बारम्बार दबाब दिने गरेका थिए ।
यही जेठ ३ गते साँझ करिब  ७ बजेदेखि ९ वर्षीय अमान अंसारी र  ७  वर्षीय उसमान अंसारी हराइरहेका थिए । उनीहरूको  सब त्यसको भोलिपल्ट जेठ ४ गते कलैया  उपमहानगरपालिका वडा नं.११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा फेला परेको थियो ।
तालिम प्राप्त कुकुर सहितको ९ जना विशेषज्ञ प्रहरी टोलीको सहयोगमा   घट्नाको सूक्ष्म अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button