तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा ४ जना कोरोना सङ्क्रमितको मृत्यु

पर्वत । पर्वतमा आज थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ । १ महिला र तीन जना पुरुषको एकै दिन मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोदी गाउँपालिका वडा नं. ८ क ५९ वर्षिया महिला, कुस्मा नगरपालिका वडा नं. ३ का ५३ वर्षीय पुरुष, महाशिला गाउँपालिका वडा नं. ५ का ६९ वर्षीय पुरुष र जलजला गाउँपालिका वडा नं. २ का ६४ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै पर्वतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button