तपाईँ सुन्दै हुनुहुन्छः

प्रयोगशाला र अस्पताललाई पालिकाको ६ लाख सहयोग

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाले जिल्लाको वयालपाटा अस्पताल र कमलबजार पीसीआर प्रयोगशालालाई छ लाख रुपैयाँ सहयोग गरेको छ ।
गाउँपालिकाले जिल्लाको कमलबजार पीसीआर परिक्षण प्रयोगशालाको लागि रु ५ लाख र वयालपाटा अस्पताललाई १ लाख सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले कमलबजार नगरपालिकाका जनस्वास्थ्य अधिकृत चक्र बहादुर विष्ट ५ लाखको चेक हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष खड्काले अछाममा एक मात्र पिसिआर प्रयोगशालाको नियमित सञ्चालनमा सहयोग पुगोस् भन्ने हेतुले पालिकाको तर्फ बाट पाँच लाख सहयोग गरेको बताउनुभयो ।
यसैबिच जिल्लाको बयलपाटा अस्पताललाई समेत गाउँपालिकाले १ लाख सहयोग गरेको छ । अस्पतालमा कोभिड बिरामीहरूलाई छुट्टै उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा सहयोग गर्ने उद्देश्य स्वरूप पहिलो चरणमा १ लाख रुपैयाँ  उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले बताउनुभएको छ ।
गाउँपालिकाले कोरोनाभाइरस संक्रमण पुष्टिका लागि समुदाय स्तरमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन समेत गर्ने भएको छ ।
जेठ ११ गते वडा नम्बर ५ कालिका, वडा नम्बर ६ दर्नाका नागरिकका लागि बिन्धेबासिनी माध्यमिक विद्यालय दर्नामा स्वाब सङ्कलन गरिने छ । यस्तै वडा नम्बर १, २, ३ र ४ का व्यक्तिको जयगढ स्वास्थ्य चौकीमा स्वाब सङ्कलन गरिने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button