तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारमा नयाँ रेकर्ड

फाइल तस्बिर

काठमाडौँ । सोमबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । सोमबार १३ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ जुन रकम अहिलेसम्मकै उच्च हो ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक पनि उच्च अङ्कमा पुगेको छ । ३ अङ्कले बढेर परिसूचक २८२३ अङ्कमा कायम भएको छ । बैङ्किङ ४, जलविद्युत ५ र निर्जीवन बिमा १९६ अङ्कले बढेका छन् ।
व्यापार ५७, होटेल तथा पर्यटन १७, विकास बैङ्क ३२, फाइनान्स ३६, उत्पादन ४७, अन्य ९, माइक्रो फाइनान्स ५ र जीवन बिमा समूह ५५ अङ्कले घटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button