तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

 

मकवानपुर । मकवानपुर प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।

प्रहरीले बारा निजगढ नगरपालिका रामथली घर भई हाल हेटौँडा उपमहानगरपालिका–१० स्थित सडक छेउको टहरामा बस्दै आएका ५४ वर्षीय माइला भन्ने कृष्ण बहादुर मोक्तानलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले जेष्ठ ९ गते आपसी वादविवाद हुँदा ४२ वर्षीया श्रीमती सुनिता थापा मगरमाथि कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शवलाई हेटौँडा–१० न्युरेनी स्थित भुटनदेवी सामुदायिक जङ्गलमा लगेर फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । सुनिताको शव जेष्ठ ९ गते दिउँसो जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको थियो । मोक्तानलाई सोमबार  हेटौँडा–८ कमानेबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button