तपाईँ सुन्दै हुनुहुन्छः

दुई लाख बराबरको अवैध समान बरामद

कञ्चनपुर ।  कञ्चनपुरमा सशस्त्र प्रहरी बलले झण्डै दुई लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट दोधारा चाँदनी र बयलबन्दाबाट खटिएको पैदल गस्ती टोलीले अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको चिनी, मल, सुर्ती, बिडी, आलु, साइकल र किराना सामान गरी १ लाख ९७ हजार ४५९ बराबरको सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button