तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर’

धनगढी  ।  वन तथा वातावरण मन्त्री प्रेम आले मगरले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ ।
आज धनगढी स्थित सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर र मास्क हस्तान्तरण गर्नुहुँदै मन्त्री आले मगरले कोरोना सङ्क्रमितको उपचारका लागी अक्सिजन र स्वास्थ्य सामाग्री अभाव हुन नदिने बताउनुभयो ।
उहाँले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनमा सरकार लागिपरेको बताउनुभयो ।
त्यस क्रममा मन्त्री आले मगरले ५० थान अक्सिजन भरिएको सिलिण्डर र ५० हजार थान मास्क सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्नुभयो ।
मन्त्री आले मगरले व्यक्तिगत लगानीमा ती सामाग्री अस्पताललाई उपलब्ध गराउनु भएको उहाँका स्वकीय अधिकृत धिमलाल जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button