तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु

कञ्चनपुर । महाकाली अस्पताल कञ्चनपुरमा आज थप एक जना महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने १० जनाले कोरोना जितेर घर फर्केका छन् ।
भीमदत्त नगरपालिका ११ का ४९ वर्षिया महिला उपचारका क्रममा आज बिहान मृत्यु भएको महाकाली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले बताउनुभएको छ ।
उहाँले महाकाली अस्पतालमा पछिल्लो समयमा कोरोना सङ्क्रमितको दर र मृत्युदर घट्दो क्रममा रहेको र निको हुने दर बढिरहेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button