तपाईँ सुन्दै हुनुहुन्छः

बंगालको खाडीको चक्रवातको प्रभाव, प्रदेश २ मा वर्षा

जनकपुरधाम । बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभावले धनुषा सहित प्रदेश नंं २ को अधिकांश जिल्लाहरूमा हावाहुरीसँगै वर्षा भएको छ ।

प्रदेश नंं २ को राजधानी जनकपुरधाममा बिहान देखि नै मौसम बिग्रेको थियो । हावा हुरी सँगै वर्षा भएपछि विगत केही दिन देखि बढेको गर्मीका मारमा परेका सर्वसाधारणलाई राहत मिलेको छ ।

प्रदेश २ को धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट जिल्लामा वर्षा भएको छ । ११ बजेपछि मौसममा सुधार आए पनि घाम लागेको छैन ।

यसै बिच चर्को हावाहुरीका कारणले जनकपुरधामको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुँदा कोरोना उपचारमा समस्या उत्पन्न भएको विभिन्न अस्पतालहरूले जनाएको छ ।

विद्युतको ३३ के भि प्रसारण लाइनको पोल तथा तार चुँडिएका कारणले समस्या उत्पन्न भएको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले जनाएको छ । मरम्मतको काम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button