तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा पहिलो पटक दूरबिन प्रविधिद्वारा छातीको शल्यक्रिया

वीरगंज । प्रदेश नम्बर २ मा पहिलो पटक वींरगजस्थित नारायणी वयोधा अस्पतालमा दूरबिन प्रविधिबाट  छातीको शल्यक्रिया गरी फोक्सोमा गडेको फलामको टुक्रा निकालिएको छ ।
वीरगञ्जको एक कारखानामा कार्यरत आसाम भारत निवासी पप्पु बोहराको, कामकै सिलसिलामा भएको दुर्घटनामा फलामको टुक्रा उछिट्टिएर उनको दाहिने छाती छेडेर भित्र फोक्सोमा गडेको थियो । उनलाई उपचारका लागी तत्काल नारायणी बयोधा अस्पतालमा ल्याइएको र छातीको सी.टी. स्क्यान गरेर हेर्दा फलामको टुक्रा दाहिने फोक्सो भित्र रहेको भेटिएपछि तत्काल अपरेसन कक्षमा लगेर दूरबिन प्रविधिबाट छातीको अपरेसन गरी फलामको टुक्रा निकालिएको डा. सौरभ शर्माले बताउनुभयो ।
दूरबिन विधिबाट अपरेसन भएकोले खासै ठुलो घाउ नभएको र बिरामी केही घण्टामै हिँडडुल गर्न सक्ने भएको डाक्टर शर्माले बताउनुभयो ।
नारायणी वयोधा अस्पतालमा स्थापना कालदेखि नै विभिन्न आधुनिक र विशिष्ट प्रविधिहरू बाट धेरै रोग हरुको उपचारको सुविधा उपलब्ध गराउँदै आएको र यस अघि वयोधा अस्पतालमा दूरबिन प्रविधिबाट पित्तको थैली, एप्पेंडीक्स, विभिन्न प्रकारका हर्नियाँ, मिर्गौलाको रोग, ठुलो आन्द्रा खस्ने लगायतका रोगहरूको शल्यक्रिया हुँदै आएको अस्पतालका प्रशासकीय अधिकृत बिष्णु पटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button