तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणमा दुई जनाको मृत्यु

बर्दिया । बर्दियामा  हात्तीको आक्रमणबाट  दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका ११ स्थित आफ्नै घर अगाडि बसेका आमा छोरीको हात्ती आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आक्रमणबाट ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र ३ वर्षीया छोरी दीपिका विकको उपचारका क्रममा  आज बिहान मृत्यु भएको हो ।
सोमबार राति निकुञ्जबाट आएको हात्तीले सूँडले च्यापेर चन्द्रालाई ३० मिटर पर पछारेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनुभएको छ ।
३ वर्षीया घाइते बालीकालाई गम्भीर अवस्थामा तत्काल प्रहरीले उद्धार गरी बाँकेस्थित नर्सिङ होममा उपचारका लागि पुर्‍याएको र उपचारका क्रममा मृत्यु भएको शाहीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button