तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ पक्राउ 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
सोमबार बेलुका अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा २५/२५ के.जी. को ४ वटा झोलामा जम्मा १०० के.जी. लागूऔषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोषण राईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button