तपाईँ सुन्दै हुनुहुन्छः

किसानको आय स्तर वृद्धि गर्ने उद्देश्यले उन्नत जातको बङ्गुर वितरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले न्यून आय भएका किसानको आय स्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय कृषकलाई उन्नत जातको बङ्गुर वितरण गरेको छ ।
दुहबी वडा नम्बर ९ र ११ का ५० घर परिवारलाई समेटेर १० जनाको एक समूह बनाइ ५ वटा समूहलाई आज नगरप्रमुख बेद गच्छदारले बङ्गुर वितरण गरेको हो ।
नगरपालिकाको पशु प्रवर्द्धन कार्यक्रम अनुसार कृषकको २५% र नगरपालिकाको ७५% लागत साझेदारीमा सञ्चालित बङ्गुर प्रवर्द्धन कार्यक्रम अन्तर्गत ७ लाख ७० हजार मूल्य बराबरको बङ्गुर   नगर प्रमुख गच्छदारले वितरण गरेको जानकारी दिनुभयो ।
नगरप्रमुख गच्छदारले आर्थिक विकास विना देशको विकास सम्भव नभएको भन्दै प्रत्येक कृषक लाई २ वटा पोथी (भुनी) र प्रत्येक समूहलाई १ थान  भाले (वीर) सहित जम्मा १०५ थान बङ्गुर  हस्तान्तरण गरेका बताउनुभयो ।
स्वास्थ्य मापदण्ड  अपनाउँदै कृषकलाई स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त बङ्गुर प्रवर्द्धन कार्यक्रमले पशु व्यवसाय क्षेत्रमा हरेक न्यून आय भएका कृषकले  आत्मनिर्भर  बन्ने अवसर मिल्ने हुँदा यस्ता कार्यक्रम अगाडि सारेको गच्छदारले बताउनुभयो ।
आर्थिक राहत पुर्‍याउन उन्नत जातको बङ्गुर उपलब्ध गराएको र सोको पालनपोषणबाट उनीहरूले केही आर्थिक राहत पाउने उनले विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button