तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली च्याउ खाने अर्का एकको मृत्यु

संखुवासभा । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं ५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी भएकामध्ये अर्का एक जनाको ज्यान गएको छ । लाइगार्ड अस्पताल विराटनगरमा उपचाररत २१ वर्षीया निर्जला राईको ज्यान गएको हो ।
सोमबारबाट आइसियु कक्षामा उपचाररत उनको मङ्गलवार बिहान ज्यान गएको आफन्त डेविन मेवाहाङले जानकारी दिनुभयो । यो भन्दा अगाडि एकै पटक बिरामी परेका आठ वर्षीया रोजिना राईको ज्यान गइसकेको छ । गत शुक्रवार राति च्याउ खाएर एकै घरका ९ जना बिरामी परेका थिए । सिलिचोङ गाउँपालिका वडा नं  ५ याफुका बुवा बुद्ध बहादुर राई र आमा बुद्धि माया राईसहित परिवारका नौ जना बिरामी परेका छन् । बुवाको याफु आधारभूत स्वास्थ्य इकाईमा उपचार भइरहेको छ ।
जिल्ला अस्पतालमा उपचार नहुने भएपछि धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रेषण गरिएको आठ बिरामीमध्ये दुई जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button