तपाईँ सुन्दै हुनुहुन्छः

अक्सिजन अभावका कारण बारा–पर्साका उद्योगहरू बन्द 

बारा । अक्सिजन अभावका कारण बारा–पर्साका उद्योगहरू बन्द भएका छन् । बारा–पर्सा औद्योगिक करिडोरका अधिकांश उद्योग बन्द भएको उद्योगीहरूले बताएका छन् ।
कोरोना सङ्क्रमणको असर कम हुँदै निषेधाज्ञा नहट्ने हो भने धेरैजसो उद्योगलाई सङ्कटको अवस्था आउने उनीहरूले बताएका छन् । कामदारमा कोरोना संक्रमण, फलाम उद्योगलाई अक्सिजन अभाव, अन्य उद्योगलाई बजार बन्द र कच्चा पदार्थ अभावले प्रभावित पारेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताउँनुभयो ।
उहाँका अनुसार जगदम्बा स्टिल, हुलास स्टिल, हामा स्टिल, नारायणी स्ट्रिप्स, नारायणी रोलिङ मिल, हिमालय आयरनलगायत साना ठुला गरी चार दर्जन फलामजन्य उद्योग बन्द छन् ।
कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण अक्सिजन स्वास्थ्य उपचारकै लागि उपयोग भइरहेका कारण उत्पादन ठप्प भएको बताउनुभयो ।
निषेधाज्ञा जिल्लामा जारी रहँदा उद्योगहरूको उत्पादनलाई ढुवानी र बजारको समस्या छ । उत्पादन जारी राखे पनि बजारमा पठाउन सक्ने अवस्था नभएकाले सञ्चालनमा रहेका उद्योगहरूले उत्पादन क्रमिक घटाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button