तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते 

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते आइतबार दिउँसो १ बस्ने भएको छ । मङ्गलवार बसेको मन्त्रीपरिषद्को बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।
नदिपुरमा सञ्चालन हुँदै आएको प्रदेश सभा कोभिड–१९ का कारण सामाजिक दुरी कायम गर्दै पोखरा सभागृहमा बस्ने भएको छ ।
मन्त्रीपरिषद्को बैठकले सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृतिसमेत लिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button