तपाईँ सुन्दै हुनुहुन्छः

लामिछानेले ट्रीनबेगो नाइट राइडर्सबाट सिपिएल खेल्ने

file photo

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२१ मा ट्रीनबेगो नाइट राइडर्सबाट खेल्ने भएका छन् ।

सिपिएलले नेपाली युवा स्टार सन्दीपले साबिक विजेता काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको छ । गत वर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइडर्सले उपाधि जितेको थियो ।
सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको छ । गत वर्ष सन्दीपले जमैकाबाट सिपिएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपलाई अक्सनमा जमैकाले गत वर्ष ९० हजार अमेरिकी डलर अर्थात् एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।
नाइट राइडर्समा कप्तान पोलार्डसहित सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, ड्वेन ब्राभो, अली खान, सिकन्दर राजा लगायतका खेलाडी छन् । ड्राफ्ट आगामी बुधवार हुने बताइएको छ । सिपिएल २०२१ आगामी अगस्ट २८ देखि १९ सेप्टेम्बर  सम्म सेन्ट किट्स एन्ड नर्भिसमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button