तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीको सुबिधासम्पन्न आइसोलेसन सञ्चालनमा

सुनसरी । सुनसरीको इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शय्याको आइसोलेसन सञ्चालनमा आएको छ ।
प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको शुभकामना मन्तब्यसंगै आइसोलेसन सञ्चालनमा आएको हो ।
इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य सङ्घ इटहरीको अगुवाइमा अक्सिजन सहितको आइसोलेसन एक साताअघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीले आइसोलेसन सञ्चालनमा साथ दिएका छन् ।
निजी क्षेत्रको पहलमा सञ्चालन भएको सुविधा सम्पन्न आइसोलेसनले इटहरी नगरवासीलाई ठुलो राहत मिल्ने नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले निजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंसा समेत गर्नुभयो ।
आइसोलेसनमा सङ्क्रमितलाई खाना र बस्न निःशुल्क रहेको साथै विभिन्न खेलकुदका सामाग्री, पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभिजनको सुविधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।
आइसोलेसनमा निःशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल सँगको सहकार्यमा ७ सय ५० रुपैयाँमा पिसिआर जाँच गर्ने सुविधा पनि रहेको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button