तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि पुनः थप

file photo

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि पुनः थप गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
बैठकले निषेधाज्ञालाई अझ प्रभावकारी बनाउने उद्देश्यले किराना पसल तथा डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने तर तरकारी र फलफूल पसले भने बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाका बेला खाद्यान्न पसलहरू समेत बन्द रहने भएकाले आम उपभोक्तालाई एक हप्ताका लागि खाद्यान्न सञ्चित गर्न आग्रह गर्नुभयो ।
हाल जारी निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिने हुँदा १४ गते शुक्रवारदेखि एक हप्ताका लागि थपिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button