तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा आगामी जेठ २० गतेसम्म निषेधाज्ञा थपियो 

मकवानपुर । मकवानपुरमा कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि दोस्रो पटक निषेधाज्ञाको समय थप गरिएको छ ।
आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोभिड–१९ को जोखिम बढेकोले एक साताका लागि निषेधाज्ञा थपिएको बताउनुभयो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आगामी जेठ २० गते १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको उहाँले बताउनभयो ।
यसअघि जिल्लामा वैशाख १९ गते देखि ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button