तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा जेठ २२ गतेसम्म निषेधाज्ञा थप

इलाम । इलाममा जेठ २२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज आदेश जारी गर्दै निषेधाज्ञा थप गर्ने जनाएको छ ।
कोभिड १९ को महामारी जिल्लामा तीव्र रुपमा फैलिँदै गएकोले जनस्वास्थ्यमा पर्नसक्ने गम्भीर असरलाई नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
निषेधाज्ञा अवधिमा जिल्ला बाहिरबाट भित्रने र बाहिरिने सबै यात्रु बाहक सवारी साधन र जिल्ला भित्र चल्ने सवारी साधनमा संचालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button