तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीको मायादेवी मन्दिरमा पूजा पाठ

भैरहवा । २५ सय ६५ औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीको मायादेवी मन्दिरमा पूजा पाठ भएको छ । कोरोना संक्रमण जोखिमका कारण लुम्बिनीमा उपस्थित हुन नसकेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुभएको छ ।
प्रधानमन्त्री ओलीको २० मिनेटको भिडियो सन्देश र  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालज्यूबाट प्राप्त शुभकामना सन्देश मन्दिरमा पूजा पाठका क्रममा वाचन गरिएको  थियो ।
मायादेवी मन्दिरमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शङ्कर पोख्रेल, बौद्ध भिक्षुहरूले मायादेवी मन्दिर परिसरभित्र लुम्बिनीमा उपलब्ध महायानी, बज्रयानी र थेरवादी गुरु/गुरुमा, भिक्षु/भिक्षुण, लामा गुरुज्यूहरूबाट धार्मिक पूजा तथा मन्त्रोच्चारण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button