तपाईँ सुन्दै हुनुहुन्छः

विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता सिद्धार्थ गौतम बुद्ध : तिमिल्सिना


काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको २५६५औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी समुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

तिमिल्सिनाले बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्‍याएको योगदानलाई मनन गरी सन् १९९९ देखि यस दिनलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय बैशाख दिवस का रुपमा मनाउँदै आएको र यस अवसरमा महामानव, विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता सिद्धार्थ गौतम बुद्धलाई मानव जातीले भगवानका रुपमा समेत मान्ने गरेका कारण यस अवसरमा उहाँलाई उच्च आदार तथा सम्मान व्यक्त गर्नुभएको छ ।

उहाँले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थान, बुद्ध धर्म र बुद्ध दर्शनको उद्गम थलो भएको र जसले गर्दा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याती बढ्दै गएको बताउनुभएको छ ।

तिमिल्सिनाले शुभकामना दिदैँ ‘नेपाल सरकारले बुद्ध जयन्तीमा विभिन्न कार्यक्रम गर्दै आएकोमा विगत डेढ वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस कोभिड(१९ का कारण सम्पूर्ण गतिविध ठप्प छन्। विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको यस शुभ अवसरमा अहिले मानव जातिको चुनौतिमा देखा परेको कोरोना भाइरसलाई पराजित गर्ने प्रेरणा मिल्ने विश्वास लिएको छु।’

यस अवसरमा कोरोना संक्रमणबाट दिवंगत सम्पूर्ण परिवारमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, यस भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button