तपाईँ सुन्दै हुनुहुन्छः

झापामा लागु औषधसहित दुई जना पक्राउ  

भद्रपुर, झापा  । झापाको पश्चिम–दक्षिणी सीमावर्ती गौरीगंज गाउँपालिका–२ लालमाटी क्षेत्रबाट लाग औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले हिजो अपराह्न लागु औषधसहित सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का र २४ वर्षीय कमल दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनीहरूले बोकेको तरकारीको झोलाभित्र लागु औषध कोरेक्स १२ बोतल, वीनस्पामो–२८ ट्याब्लेट र नेट्राभेट ३० ट्याब्लेट फेला पारेको थियो ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button