तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ झापालाई सहकारी सङ्घद्वारा स्वास्थ्य सामग्री सहयोग

भद्रपुर, झापा । झापा जिल्ला सहकारी सङ्घले नेपाल पत्रकार महासङ्घ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बिर्तामोडस्थित सहकारी सङ्घको कार्यालयमा मङ्गलवार ती सामग्री प्रदान गरिएको हो ।
सङ्घको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु (भवानी) दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो  ।
पत्रकार महासङ्घ झापाको आग्रहमा सङ्घले गुणस्तरीय मास्क तीन सय प्याकेट, स्यानिटाइजर र फेसशिल्ड तीन÷तीन सय थान र २० थान अक्सिमिटर सहयोग गरेको संघका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
अध्यक्ष ढकालले सङ्कटको वर्तमान अवस्थामा फ्रन्ट लाइनमा रहेर काम गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि सहयोग गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button