तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अस्पताल धनकुटालाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

धनकुटा । दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि धनकुटा जिल्ला अस्पताललाई रु २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तानतरण गरिएको छ ।

नेकपा एमाले धनकुटाका अध्यक्ष तथा निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु २५ लाख बराबरको स्वास्थ्य सामाग्री जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.पुजन विस्वकर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँले अक्सिजन सिलिन्डर, एन्टिजेन ,माक्स , पिपिईलगायतका २५ लाख बराबरको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरिएको हो ।

त्यस्तै गरी राईको सिफारिसमा जिल्ला अस्पताल धनकुटामा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि अर्थ मन्त्रालयमार्फत रु ७५ लाख बजेट विनियोजन गरिएको छ ।

विनियोजित बजेटबाट प्राप्त ७५ लाख बराबरको अक्सिजन प्लान्ट जडान कार्य तत्काल अगाडि बढाउने तयारी भइरहेको जिल्ला अस्पतालका प्रमुख डा. विस्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button