तपाईँ सुन्दै हुनुहुन्छः

सिमरामा बर्थिङ सेन्टरको शिलान्यास

बारा । बाराको सिमरामा वर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र सिमराद्वारा निर्माण गर्न लागिएको प्रसूति भवन अर्थात् वर्थिङ् सेन्टर भवनको एक कार्यक्रमका बीच आज शिलान्यास गरिएको हो ।

प्रदेश सांसद सुन्दर विश्वकर्माको पहलमा प्रदेश सरकारबाट प्राप्त बजेट २० लाख रुपियाँको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।

प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले सिमरा र यसका आसपास क्षेत्रका बासिन्दालाई बीरगञ्ज, हेटौँडा, भरतपुर जस्ता ठाउँमा प्रसूतिका लागि धाउन नपरोस् भनेर प्रदेश सरकारले उक्त सेन्टरका लागि रकम छुट्टाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button