तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठानमा थप दुई जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार धरान–२ र सप्तरी–२ तिरहुतकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

सह प्रवक्ता पोखरेलले बुधवार (आज) बिहान ४० वर्षीया महिलाको मृत्यु भएको  बताउनुभयो ।  उच्च रक्तचापबाट पीडित ती महिलामा ज्येष्ठ ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ५ दिनपछि ज्येष्ठ १० गते स्वास्थ्य अवस्थामा समस्या आएपछि उनलाई प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै मङ्गलवार राती तिरहुतकी ६० वर्षीया संक्रमित महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । उच्च रक्तचापको समस्या रहेकी ती महिलामा ज्येष्ठ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएको दिन नै महिलालाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड– १९ अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button