तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा एकै दिन ११३ जना सङ्क्रमणमुक्त, १३० जना सङ्क्रमित थपिए 

रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा ११३ जना कोरोना सङ्क्रमितहरू निको भई घर फर्किएका छन् भने आज एकै दिन १३० जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।
रोल्पा जिल्लामा हालसम्म २१५ जना निको भइसकेको अवस्था छ त्यसै गरी आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ८१८ जना पुगेका छन् ।
तर रोल्पामा कोरोनाका बिरामी को मृत्युदर केही दिन यता रोकिएर शून्य अवस्थामा  छ  यो अवधिमा हालसम्म ११ जना ले कोरोनाबाट ज्यान गुमाई सकेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button