तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा खोप लगाउन छुटेकालाई आगामी आइतबारबाट लगाइने

तनहुँ । तनहुँमा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन छुटेकालाई आगामी आइतबारबाट खोप लगाइने भएको छ ।

जिल्लाका सबै स्थानीय तहमा यसअघि प्राथमिकतामा परेका अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, ज्येष्ठ नागरिक, पत्रकारलगायतलाई उक्त खोप दिइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

आगामी आइतबार र सोमबार खोप दिइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । दमौली, नारेश्वटार, बेलचौतारा, बन्दिपुर, घिरिङ, कोटदरबार, देवघाट तथा जामुनेमा खोप दिने व्यवस्था कार्यालयले मिलाएको छ ।

तर खोप लगाउन भने गत फागुन २३ गते अगाडि लगाएका व्यक्ति हुनुपर्ने सूचनामा छ ।

खोप लगाउनका लागि स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्न पनि कार्यालयले आग्रह गरेको छ ।

यस अघि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले मौज्दात रहेको खोप दोस्रो चरणमा छुटेकालाई लगाउन दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button