तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एकै दिन ३ सय २१ जना कोरोना संक्रमणमुक्त

अछाम । अछाममा बुधवार एकै दिन ३ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य संस्था, अस्पताल तथा होम आइसोलेसनमा बसेर जिल्लाका ३ सय २१ जना आज सङ्क्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

योसँगै दोस्रो लहरमा जम्मा संक्रमित १९ सय ६७ मध्ये जिल्लाका विभिन्न स्थानीय तहका नागरिक, स्वास्थ्यकर्मी, कर्मचारी र सर्वसाधारण गरी ४ सय ३७ जना महिला र ९ सय ६३ जना पुरुष गरी १ हजार ४ सय जना कोरोना संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

अब जिल्लाभर ५ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सय २६ जना होम आइसोलेसनमा छन् भने १७ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

आज आइसोलेसनबाट निको भई २ जना बिरामी डिस्चार्ज भएका छन् भने आज ५ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन् ।

यसैबिच जिल्लाको मङ्गलसेन नगरपालिका, साँफेबगर नगरपालिका र चौरपाटीमा स्वाब सङ्कलन गरी १६ जनाको एन्टिजेन परीक्षण भएकोमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

संक्रमण देखिनेमा मङ्गलसेन नगरपालिका वडा नम्बर ९ का १ जना पुरुष, साँफेबगर नगरपालिका वडा नम्बर ३ का १ जना महिला र चौर पाटी वडा नम्बर १ र ४ का १/१ जना पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

हालसम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १५ जना गरी २० जनाको कोरोनाका कारण ज्यान समेत गइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button