तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

अछाम । अछाममा बुधवार थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ९६ नमुना परीक्षण गरिएकामा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल अछाम, मङ्गलसेन नगरपालिका, रामारोशन गाउँपालिका, तुर्माखाँद गाउँपालिका, दैलेखको आठविस नगरपालिका र कमलबजार पिसीआर प्रयोगशालामा मार्फत ९६ जनाको स्वाब सङ्कलन गरी गरिएको परीक्षणमा १८ जना महिला र ५९ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको मङ्गलसेन नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर ३, ४, ५ र १० का ४ जना महिला र २३ जना पुरुष गरी २७ जनामा संक्रमण देखिएको छ ।

यस्तै रामारोशन गाउँपालिका वडा नम्बर १, २, ३ र ७ का १० जना महिला र १३ जना पुरुष गरी २३ जना, तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ र ८ का १ जना महिला र १० जना पुरुष गरी ११ जना, कमलबजार नगरपालिका वडा नम्बर १, २, ७ र १० का १ जना महिला र ६ जना पुरुष गरी ७ जना, पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला बाहिरका ८ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिनेमा दैलेख जिल्लाको आठविस नगरपालिका वडा नम्बर ४, ६, ८ र ९ का २ महिला ६ जना पुरुषमा संक्रमण देखिएको हो ।

हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ७ सय ५३ जनाको कोरोना परीक्षण गर्दा २ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button