तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा जेठ २० सम्म निषेधाज्ञा थप 

वीरगंज । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज सम्पन्न बैठकले निषेधाज्ञाको अवधिलाई लम्ब्याएर आगामी जेष्ठ २० गते सम्म पुर्‍याउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण बढ्दै गएपछि चौथो पटक आज सम्पन्न बैठकले निषेधाज्ञालाई जेठ २० गते सम्म पुर्‍याउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले निषेधाज्ञा जारी गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि सोही आधारमा संक्रामक रोग ऐन, २०२० को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ अनुरूप आगामी जेष्ठ २० गते राति १२ बजे सम्म लागु हुने गरी जिल्लामा निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
यसै गरी बैठकले अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं निजी सेवा प्रवाह हाललाई स्थगन गरिएको जनाउँदै निषेधाज्ञालाई थप कडाइ गर्दै जाने र आम नागरिकलाई निषेधाज्ञा पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button