तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण धनुषामा ४ को मृत्यु 

जनकपुरधाम । धनुषा जिल्लामा कोरोना सङ्क्रमणका कारण विभिन्न अस्पतालमा उपचारमा रहेका थप ४ जनाको आज उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति धनुषाले जनाएको छ । मृत्यु हुनेमा धनुषाका वटेश्व गाउँपालिका वडा नंं ३ का वर्ष ५५ का महिला रहेकी छिन् ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएकोमा उपचार हुँदा हुँदै महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिनुभयो । मृतकमा अक्सिजन लेभल निक्कै कम भएकाले बचाउन नसकेको उहाँले जानकारी दिनुभयो ।
यसै गरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं ११ का वर्ष ६५ का पुरुषको जनकपुरधामको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका प्रवक्ता एवं प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
यसै गरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ का वर्ष ५५ का पुरुषको उपचारको क्रममा जनकपुरधामको काव्या अस्पतालमा मृत्यु भएको छ । यसै गरी धनुषाको मिथिला नगरपालिका वडा नंं १० का वर्ष ४६ की महिलाको नोबेल अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button