तपाईँ सुन्दै हुनुहुन्छः

२५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

बर्दिबास । महोत्तरीमा जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिलाई २५ लाख बराबरको अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत नयाँ भेरियन्ट सहितको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि वल्डभिजन इन्टरनेशनल नेपालले जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिलाई बुधवार स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुगी स्वास्थ्य सामाग्री प्रदान गर्न समाज विकास केन्द्र, महोत्तरीले समन्वय तथा आवश्यकीय भौतिक सहयोग गरेको छ ।
स्वास्थ्य सामाग्रीहरूमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर, ७० वटा पि.पि.ई. सेट, १ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ प्याकेट सर्जिकल माक्स ७२ वटा एन–९५ मास्क, ५ लिटर स्यानिटाइजर, १२ वटा सोप लिक्विड (हयाण्ड वास) प्रदान गरिएको छ ।
स्वास्थ्य सामाग्री वितरणमा जिल्ला समन्वय समितिका प्रमुख सुरेश प्रसाद सिंह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थ राज भट्टराई, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button