तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा निषेधाज्ञा जेठ २०  गतेसम्म थप

धनगढी । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी कैलालीमा जारी निषेधाज्ञाको अवधि यही जेठ २० गतेसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आज जारी गरेको आदेशमा निषेधाज्ञाको अवधिलाई जेठ  २० गते सम्म निरन्तरता दिइएको उल्लेख छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय सिफारिसका आधारमा निषेधाज्ञाको अवधि थप गरिएको र निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही र सजाए हुनेछ, आदेशमा भनिएको छ ।
अत्यावश्यक उपभोग्य सामाग्रीको कृत्रिम अभाव गरी मुल्यवृद्धि गर्ने, कालोवजारी गर्ने तथा आपुर्तीमा अवरोध सृजना गर्नेमाथी कडा कार्वाही गरिने उल्लेख गरिएको छ । यसैगरी अत्यावश्यक सामान ढुवानी गरेका साधन ब्यानर टागेर संचालन गर्न सकिने तथा निर्माण सामाग्री बोकेका साधनहरु राती ८ बजेदेखी विहान ५ बजेसम्म संचालन गर्न पाईने र यसअघि जारी गरेका सवै पास रद्ध गरिएको छ । साथै विवाह, वर्तबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा सात जना सहभागी हुन पाउने आदेशमा भनिएको छ ।
कैलालीमा पहिलो चरणमा वैशाख १६ गते देखी २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि जेठ १३ गते (भोलिसम्म) निषेधाज्ञा जारी गरेको स्थानीय प्रशासनले पछिल्लो समय जेठ १४ देखी २० गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमण दर उच्च रहेको कैलालीमा हालसम्म करिब ४ हजार कोरोना संक्रमित रहेको र  कोरोना सङ्क्रमणबाट हालसम्म २ सय ७८ जनाको निधन भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button