तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटनामा १ जना को मृत्यु

बाँके । बाँकेमा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत राप्ती सोनारी–२ सुखार खोलामा ट्रकले जेसीबीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । कोहलपुरबाट पूर्व तर्फ जाँदै गरेको रा १ क ७५२ नम्बरको जेसीबीलाई सोही दिशाबाट जाँदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकले आज बिहान पछाडिबाट ठक्कर दिँदा जेसीबी चालक राप्ती सोनारी– ४ का बल बहादुर चौधरी को घटना स्थलमै मृत्यु भएको हो ।
जेसीबीका सह–चालक राप्ती सोनारी ५ का हेमराज बस्नेत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते बस्नेतको टाउको र खुट्टामा गहिरो चोट लागेको र उनको उपचारका लागि वेस्टर्न अस्पताल नेपालगन्ज पठाइएको प्रहरी चौकी अगैयाले जानकारी दिएको छ । मृतकको शव पनि पोष्टमार्टमका लागि नेपालगन्ज पठाएको प्रहरीले जनाएको छ ।
ट्रकले पछाडिबाट ठक्कर दिँदा जेसीबी सुखार खोला पुलबाट तल खसेको थियो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाइएको प्रहरी चौकी अगैयाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button