तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ पोखरेल सवार गाडी दुर्घटना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल सवारी दुर्घटनामा पर्नु भएको छ ।
महासङ्घका अध्यक्ष विपुल पोख्रेल सँगै महासङ्घ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्व अध्यक्ष सुदीप गौतम सवार गाडी तुलसीपुरमा दुर्घटनामा परेको हो ।  दुर्घटनामा उहाँहरू सामान्य घाइते हुनुभएको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभएको छ ।
अध्यक्षसहितका पत्रकार सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो । सामान्य घाइते गौतम पनि प्राथमिक उपचारपछि घर फर्किनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button