तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । वेदकोट नगरपालिकामा स्वास्थ्य शाखामा कार्यरत सि.अनमी सरस्वती कार्कीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
स्वास्थ्यकर्मी कार्कीको गए राती उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बेदकोट नगरपालिकाले जनाएको छ ।
वैशाख १७ गते कोरोना सङ्क्रमण भएर निको भएकी कार्कीलाई केही दिन अघि स्वास्थ्यमा समस्या भएपछि स्वास्थ्य परीक्षण गर्दा  पुन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button