तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ट्याक्टरबाट खस्दा एक युवकको मृत्यु

तनहुँ । ट्याक्टरबाट खस्दा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ धामिकुनामा एक युवकको ज्यान गएको छ ।
लिलाचोकदेखि धामिकुनातर्फ जाने क्रममा ग१त ६८१८ नं.को ट्याक्टरको पछाडि सवार स्थानीय २५ वर्षका राजु पौडेलको खसेर ज्यान गएको हो ।
घाइते पौडेललाई चरक अस्पताल पोखरा पठाइएकामा उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button