तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा मल्लको निधनप्रति दुःख व्यक्त

File Photo
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, बौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।
देउवाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । कैलाली निवासी मल्ल काँग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button