तपाईँ सुन्दै हुनुहुन्छः

कङ्गोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँ जना बेपत्ता : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ ।  कङ्गोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय दाता एजेन्सीका सहायतार्कीहरुले बुधवार सो कुराको जानकारी गराएका हुन् ।
उनीहरूले बुधवारसम्ममा यहाँका ३२ जनाको ज्यान गएको र अरू सयौँ जना अझै हराइरहेको बताएका छन् ।
शनिबार ज्वालामुखी विस्फोट भएपछि त्यसमा परेर हराएकाहरूको अब भने जीवितै उद्धारको आशा नभएको ती सहायताकर्मीहरूले जनाएका छन् ।
कङ्गोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।
उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका हुन् ।
साथै यसबाट यहाँका १७० जना बालबालिका पनि हराएका छन् । उनीहरूको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ ।
हराएका मध्ये ४० जना वयस्क छन् भने अरू केही बृद्धबृद्धाहरु पनि रहेका छन् ।
करिब १७० जना बालबालिका हराएका छन् भने अरू केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button