तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोभिड–१९ को सङ्क्रमण दर घट्ने क्रम जारी

नयाँ दिल्ली  । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ ।
भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय सङ्क्रमित अवस्थामा छन् ।
विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट सङ्क्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेको थियो ।
तर दैनिक मृत्यु दरमा सोचे जति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको उल्लेख छ ।
यो सहित भारतमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख  ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् ।
साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button