तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर नगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च प्रदान गर्ने 

टीकापुर कैलाली  । कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार रुपैयाँ क्रिया खर्च उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले कोरोना महामारीले परिवारका सदस्य गुमाएका परिवारलाई सान्त्वना दिन किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु भएको छ ।
महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै नगरवासीको दुःखमा स्थानीय सरकारसँगै छ भन्ने आभास दिलाउन क्रिया खर्च दिने निर्णय गरेको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button