तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी महाधिवेशन समयमा सम्पन्न गर्ने गरी तयारी भइरहेको छ : सभापति देउवा 

फाइल तस्बिर
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि संविधान प्रदत्त अधिकार प्रयोग गरेर आफूहरू न्यायालय पुगेको बताउनुहुँदै न्याय प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवसको अवसरमा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले पार्टी महाधिवेशन समयमा सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले जनता र संविधान बचाउनका लागि सबै पक्षबीच  एकजुटताको आवश्यकता औँल्याउनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कोभिड प्रभावित मिडिया क्षेत्रका लागि सरकार अनुदार रहेको बताउनुभयो ।
बैठकमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले धारणा राख्नुभएको थियो ।
नेपाल प्रेस युनियनले कोभिडबाट प्रभावित पत्रकारहरूका लागि आज नै दश लाख रुपैयाँ अक्षय कोष रहने राहत कोषको स्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button