तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण आज चार जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण आज थप चार जनाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणका कारण महाकाली अस्पताल महेन्द्रनगरमा तीन जनाका मृत्यु भएको छ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले आज महाकाली अस्पतालमा मृत्यु हुनेमा भीमदत्त नगरपालिका ५ का ७५ वर्षीया महिला, बेकोट नगरपालिका ६ का ८० वर्षिया महिला र वेदकोट ७ का ४८ वर्षीया पुरुष रहेको बताउनुभयो ।
त्यसै गरी वेदकोट नगरपालिकामा स्वास्थ्य शाखामा कार्यरत ४० वर्षीया सि.अनमी सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा गए राती मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button