तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ का जिल्लाहरूमा आस चक्रवातको प्रभाव 

जनकपुरधाम । बङ्गालको खाडीमा बनेको ‘आस’ चक्रवातको प्रभावले धनुषासहित प्रदेश नंं २ को अधिकांश जिल्लाहरूमा हावाहुरीसँगै सामान्य वर्षा भएको छ  ।
प्रदेश नंं २ को राजधानी जनकपुरधाममा बिहानदेखि नै मौसममा बदली भई हावाहुरीसँगै बिर्षा समेत भइरहेको छ ।
प्रदेश २ को धनुषा, महोत्तरी, सिराहा, सर्लाही, रौतहट जिल्लामा हावाहुरीका साथै वर्षा भइरहेको छ ।
पूर्वबाट पश्चिम दिशातर्फ बढी हावा चलेका कारणले गर्मीका मारमा परेका यस क्षेत्रका सर्वसाधारणलाई केही राहत मिलेको छ ।
विगत तीन दिनयता घाम नलागेको र मौसम अनुकूल रहेका कारणले गर्मीको अनुभूति गरेकाहरू राहत पाएका छन् ।
हावाहुरीका कारणले पटक पटक विद्युत् भने अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button