तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा यादव र शर्माको निधनमा दुःख व्यक्त 

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादव तथा पार्टीका कर्णाली प्रदेश समिति सदस्य तथा पूर्व सांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधनले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले आज एक शोक वक्तव्य जारी गर्नुहुँदै पूर्व सांसद यादव र शर्माप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्नुका साथै उहाँहरूका परिवारजन, आफन्त, शुभेच्छुक र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्रीले पार्टीका इमानदार नेता, धनुषाका सुयोग्य जनप्रतिनिधिका रुपमा जनताबीच यादवले लोकप्रिय छवि निर्माण गर्नु भएको र उहाँको निधनबाट नेकपा (एमाले)ले निष्ठावान् नेता र तथा धनुषाका जनताले विकासप्रेमी नेता गुमाउनु परेको बताउनुभएको छ ।
यस्तै जाजरकोटका जनताबीच जनप्रिय नेताको छवि निर्माण गर्नु भएका शर्माको निधनबाट नेकपा (एमाले)ले निष्ठावान् नेता तथा जाजरकोटका जनताले इमानदार जनसेवक गुमाउनु परेको शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button