तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा गुल्मीमा भित्रिए ६० वटा अक्सिजन सिलिण्डर

गुल्मी । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गृह जिल्ला गुल्मीमा ६० वटा अक्सिजन सिलिण्डर सहित ठुलो मात्रामा अत्यावश्यक स्वास्थ्य सामग्री पठाउनुभएको छ  ।

मन्त्री ज्ञवालीको पहलमा काठमाडौदेखी गुल्मी पठाउनुभएका स्वास्थ्य सामग्री आज विहान गुल्मीको सदरमुकाम तम्घासबाट जिल्लाका रेसुङ्गा नगरपालिका,गुल्मी दरबार गाउँपालिका,रुरु गाउँपालिका,छत्रकोट गाउँपालिका,सत्यवती गाउँपालिका, कालिगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका,धुर्कोट गाउँपालिका,मदाने गाउँपालिका र मालिका गाउँपालिकालाई प्रदान गरिएको मन्त्री ज्ञवालीका स्वकीय सचिब जंग नेपालीले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री लिएर आफैँ गुल्मी आइपुगेकोले सम्भव भएसम्म सबैँ स्थानीय तहसम्म पुगेरै हस्तान्तरण गरिएको बताउनुभयो । नेपालीले देशभर कोराना भाइरसको सक्रमण बढीरहेको अवस्थामा गुल्मी जिल्ला पनि त्यसबाट अछुतो नरहेकाले गुल्मी जिल्लालाई यो महामारीबाट सामान्य अवस्थामा फर्काउन मन्त्री ज्ञवालीले आफ्नो ठाउँबाट पहल गरिरहेको बताउनुभयो ।

तत्कालका लागि जिल्लामा अत्यावश्यक रहेका स्वास्थ्य सामग्रीहरु अक्सिजन सिलिन्डर,अक्सिजन कन्सर्न्ट्रेटर,पल्स अक्सिमिटर स्पोट चेक,गाउन,पिपिई,पन्जा,मास्क (सर्जिकल) ,मास्क (एन 95 ) चस्मा(सेफ्टी ),एन्टीजिन किट, भाइरल ट्रान्सपोर्ट मेडिएम (VTM)-COVID-19, लगायतका महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपालीले जानकारी दिनुभयो ।

गुल्मी जिल्लामा अत्यावश्यक अन्य स्वास्थ्य सामग्री आगामी दिनमा पठाउन पहल गरिने नेकपा एमाले गुल्मी काठमाडौँ क्षेत्रिय सम्पर्क मञ्चका अध्यक्ष डा.नगेन्द्र अर्यालले जानकारी दिनुभयो । स्थानीय तहसंग समन्वय गरेका डा.अर्यालले उनीहरुको माग अनुसारको स्वास्थ्य सामग्री पठाइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button