तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशमा कोरोनामुक्त हुनेको सङ्ख्यामा वृद्धि

मकवानपुर । बागमती प्रदेशमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या वृद्धि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्यामा बढेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ५ सय २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । भने, दुई हजार ५ सय ७९ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाइले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा प्रदेशमा संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको मन्त्रालयले जनाएको छ ।
उहाँका अनुसार अहिले संक्रमण दर केही कम हुँदै गएको छ । संक्रमण भन्दा कोरोनालाई परास्त गर्नेको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो ।
बागमती प्रदेशमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई भने तीव्रता दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रदेश, जिल्ला र स्थानीय तीन वटै तहमा यो समूह सक्रिय भएको भन्दै जनचेतना फैलाउनुपर्ने उहाँले बताउनुभयो । बागमती प्रदेशमा ५० हजार होम आइसोलेसनमा बसेका छन् ।
अहिले प्रदेशमा ४५३ आइसोलेसन सेन्टरको बेड, २६३४ अस्पताल बेड, एचडियू ३१६२, आइसियु ९१८ र ४ सय ३७ भेन्टिलेटर सेवा उपलब्ध छ ।  तर अधिकांश होम आइसोलेसनमा बस्नेहरूले जनस्वास्थ्यको मापदण्ड पालना गरेको पाइँदैन जसका कारण संक्रमण जोखिम बढेको उहाँले बताउनुभयो ।
कोरोना संक्रमित भएका खुलेआम बाहिर हिँड्न नहुने भन्दै उहाँले प्रदेशमा अहिले उपचारमा धेरै समस्या नभएको समेत बताउनुभयो ।
अक्सिजन अभाव भए पनि अस्पतालहरूमा पूर्ति भइरहेको र अक्सिजन आपूर्तिलाई थप सहज बनाउन प्रदेशको सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट सञ्चालन गर्न लागिएको प्रवक्ता सेढाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button